Posts

बालेनले तिनकुनेमा बनाउँछन त पार्क ?

Image
  अमृत चिमरिया  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले तिनकुनेको विवादको विषयमा टिप्पणी गरेपछि फेरी चर्चामा आएको छ । लामो समयदेखि समस्या रहेको तीनकुनेको विवाद समाधान गरेर पूर्वाधार बनाउने योजना बजेटमै ल्याएका बालेनले सामाजिक सञ्जालमा सो क्षेत्रबाट निर्वाचित भएका नेताहरुलाई प्रश्न गरेका थिए । असोज १ गते सामाजिक सञ्जालमा लेख्दै शाहले तीनकुने पार्कको विषयलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि प्रश्न गरेका हुन् । काठमाडौंको तीनकुनेमा पार्क निर्माण गर्ने भनी खाली छोडिएको जग्गाको तस्वीर फेसबुकमा राख्दै उनले राष्ट्रपति र एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि प्रश्न गरेका थिए । बालेनले कुनै बेला तीनकुने क्षेत्र राष्ट्रपति भण्डारी र माधवकुमार नेपालको चुनाव क्षेत्र रहेको भन्दै त्यहाँको समस्या ५० वर्षदेखि समाधान हुन नसकेको बताएका छन् । ‘आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नुभएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाईंकै हो । समस्या...

दशैंपछि खुल्ला खुलामञ्च ?

अमृत चिमरिया काठमाडौं महानगरपालिकाले फोहोर थुप्रिने बहाना देखाएर बन्द भएको खुलामञ्च अहिलेसम्म खुल्न सकेको छैन । असोज ८ गते न्यूरोड प्रवेश गर्ने चारपाङ्ग्रे सवारीलाई रोक लगाएर खुुलामञ्चमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पार्किङ गराइरहेको छ । तर खुलामञ्च घाम ताप्ने, टहलिने, शहरको खुल्ला चौरको रुपमा भने अझै खुलेको छैन । ट्राफिक कार्यालयले यात्रुवाहक, मालबाहक तथा निजी चारपांग्रे सवारी असोज १६ गतेसम्म कायम रहने गरी खुलामञ्चलाई सवारी पार्किङ थलोको रुपमा प्रयोग गरिरहेको छ । फूलपातीको दिनसम्म बिहान १० बजेदेखि साँझ सवारी चाप कम नभएसम्मका लागि न्युरोड प्रवेश गर्ने सवारी साधनलाई खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको कार्यालयले जारी गरेको सूचनामा छ ।  महानगरको मातहत पर्ने खुलामञ्च १५ वैशाख, २०७८ मा सिटी बसपार्क सवारी प्रवेशमा रोक लगाउँदै बन्द गराएको थियो । त्यसपछि महानगरले मूल ढोकामा लागेको ताल्चा असोज ८ गते न्यूरोडको सवारी पार्किङको लागि मात्रै  खुलाएको थियो । ५ हजार सवारीको बेसमेन्ट पार्किङ गराउने लक्ष्य  काठमाडौं महानगरपालिकाले खुलामञ्चमा बेसमेन्ट निर्माण गरेर पार्...